नियम ७६
अपराध नियन्त्रण गर्ने सम्बन्धमा छलफल गर्न विदेश जान सकिने
:सीमावर्ती इलाकामा घट्ने अपराध नियन्त्रण गर्न र तत्सम्बन्धी अनुसन्धान गर्ने काममा स्थानीय प्रहरी कार्यालयको प्रमुखले पारस्परिक सहयोग पु¥याउने सिलसिलामा छिमेकी मित्र राष्ट्रका सीमावर्ती इलाकामा रहेका प्रहरी कार्यालयका समानस्तरका प्रहरी अधिकृतसँग आवश्यकता अनुसार छलफल गर्नु परेमा वा सोका लागि सम्बन्धित मित्र राष्ट्रमा जानु परेमा प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराउनु पर्नेछ ।